अरविन्द केजरीवाल फेरि अनसन बस्ने

एजेन्सी– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल फेरि एक पटक अनसन बस्ने भएका छन् । उनले दिल्लीलाई पूर्ण राज्यको रुपमा मान्यता दिन आगामी मार्च १ देखि अनिश्चितकालीन अनसन बस्ने बताएका हुन् । 

केजरीवालले विधानसभामा भनेका छन् ‘दिल्लीलाई पूर्ण राज्यको मान्यता दिने मागसहित हामी आन्दोलन सुरु गर्नेछौं । दिल्लीका जनताले यति धेरै योगदान दिएका छन् कि उनीहरुप्रति जीवन बलिदान गरेपनि थोरै नै हुन्छ, दिल्लीलाई राज्यको मान्यता नमिल्दासम्म अनसन जारी रहनेछ ।’ 

केजरीवालले जनताद्धारा निर्वाचित सरकारसँग उनीहरुका लागि काम गर्ने शक्तिको अभावले गर्दा स्वतन्त्रतापछि दिल्लीका मानिसले अन्याय र अपमान सामना गरिरहेको बताएका छन् । 
 





  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १२:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया