गृहमन्त्री श्रेष्ठ भन्छन्- अर्थतन्त्रमा गम्भीर संकट छैन
फाइल तस्बिर

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताए । 

उनले सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए । उनले सरकारले  अर्थतन्त्रमा देखा परेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए । 

‘सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल अर्थतन्त्रमा देखा परेका समस्या समाधान गरी मुलुकको समृद्धिको यात्रा तय गर्नु हो,’ उनले भने, ‘त्यसैले सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ । वर्तमान अर्थतन्त्रमा देखा परेका समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षहरूसँग गम्भीर छलफलको सुरुवात गरेको छ ।’

गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताए । उनले अर्थतन्त्रमा देखा परेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजान सक्ने विश्वास व्यक्त गरे ।

‘सरकारले उद्योग वाणिज्य क्षेत्रका सबै संगठनहरु र सरकारका सम्बन्धित निकायहरूसँग छलफल गरी तत्कालीन अर्थतन्त्रमा देखा परेका समस्या सम्बोधन गर्ने पक्षमा लागि रहेको छ । अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने छौँ । मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन,’ उनले भने, ‘गम्भीर संकटमा नभए पनि केही समस्याहरू देखा परेका छन् । देखा परेका समस्या सरकारले समाधान गर्न नसक्ने छैनन् । अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न सरकारले केही स्टेप चालेको खण्डमा अर्थतन्त्र चलायमान बनाएर लैजान नसक्ने विश्वास रहेको छ । अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री लगायत अर्थ मन्त्रालयले राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरी रहेको छ । सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक छ ।’

गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताए । उनले अर्थतन्त्र सुधार गर्नका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि बताए । 





  • प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार १४:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया