लोकतन्त्र उत्कृष्ट व्यवस्था : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले राज्य व्यवस्थामा लोकतन्त्र उत्कृष्ट व्यवस्था रहेको बताएका छन् । १७ औँ लोकतन्त्र दिवसको शुभकामना दिँदै उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताएका हुन् ।

‘राज्य सञ्चालनका व्यवस्थाहरूमध्येको उत्कृष्ट व्यवस्था हो लोकतान्त्रिक व्यवस्था । लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौँ,’ थापाले भनेका छन्, ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो । हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस् । लोकतन्त्र दिवसको शुभकामना !’





  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार १०:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया