[भर्खरै] बंगलादेशमा विमान अपहरण प्रयास

ढाका– बंगलादेशमा विमान अपहरणको प्रयास भएको छ । 

बंगलादेशी अधिकारीहरुका अनुसार बंगलादेश एयरको एक विमानलाई आपत्कालीन अवस्थामा चिटगाउँको साह अमानत एयरपोर्टमा अवतरण गरिएको छ । 

विमानका पाइलटसहित सबै यात्रु सुरक्षित रहेका त्यहाँको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले जनाएको छ । तर, अझै एक सन्दिग्ध यात्री र एक क्रु मेम्बर विमानभित्रै छन् । 

अधिकारीहरुका अनुसार सन्दिग्ध यात्रीसँग कुराकानीको प्रयास भइरहेको छ । तर, अधिकारीहरुले के वार्ता भइरहेको छ भन्नेबारे भने खुलाएका छैनन् । अहिले विमानस्थल र हवाई अड्डासमेत बन्द गरिएको छ । 
 





  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार २०:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया