बंगलादेशमा विमान 'अपहरणकारी' मारिए

एजेन्सी– बंगलादेशमा विमान अपहरणकाे प्रयास गरेकाे भनिएका एक व्यक्तिलाई त्यहाँकाे प्रहरीले गाेली हानेकाे छ । गाेली लागि ती व्यक्तिकाे मृत्यु भएकाे बंगलादेशी मिडियाले लेखेका छन् । 

विमान अपहरण गर्न खाेजेकाे आशंका गरिएका ती व्यक्तिले आफूसँग पेस्ताेल भएकाे बताएका थिए । विमान अपहरण गर्ने प्रयास गरेपछि विमानलाई चित्तागाउँमा आपत्‌कालीन अवतरण गराइएकाे थियाे ।

विमानमा सवार १४८ यात्रु र चालक दलका सदस्य सबैलाई सकुशल उद्धार गरिएकाे छ । 

तर, ती संदिग्धले के साँच्चै विमान अपहरण गर्न खाेजेका थिए भन्ने खुलेकाे छैन ।

मृत्यु भएका ती व्यक्ति बंगलादेशी नै भएकाे र उनीसँग पेस्ताेल भेटिएकाे त्यहाँका अधिकारीहरुले जनाएका छन् । ती व्यक्तिले प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न चाहेकाे भन्दै विमान अपहरणकाे प्रयास गरेका थिए । उनकाे मानसिक सन्तुलन गुमेकाे हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

 





  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार २२:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया