अष्ट्रेलियाले अन्तिम बलमा भारतलाई हरायाे

एजेन्सी— विशाखापट्टनममा भएकाे राेमान्चक टि २० प्रतिस्पर्धामा अष्ट्रेलियाले भारतलाई तीन विकेटले हराइदिएकाे छ । 

जीतका लागि १२७ रनकाे टार्गेट पछ्याउँदै क्रिजमा उत्रिएकाे अष्ट्रेलियाली टिम सुरुका ओभरमा निकै बलियाे देखिएकाे थियाे । तर, भारतीय बलरले मिडल अर्डरलाई खासै क्रिजमा टिक्न दिएका थिएनन् । 

त्यसपछि जसप्रीत बुमराहले १९ औं ओभरमा दुई रन दिएर दुई विकेट लिएर खेल भारतकाे पक्षमा पारिसकेका थिए । 

अन्तिम ‌ओभारमा १४ रन बनाउन पर्ने अष्ट्रेललियालाई ठूलाे चुनाैति थियाे । तर, याे चुनाैति उसले सहजै पछ्यायाे । अनि खेलमा जीत दर्ज गर्याे । त्याे विजयी ओभर कमिन्स र रिचर्डसनले ब्याटिङ गरेका थिए । बलिङमा उमेश यादव थिए । 

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४३ बलमा ५६ रनकाे याेगदान दिए ।

 



यसअघि भारतले २० ओभरमा सात विकेट गुमाएर १२६ रन बनाएकाे थियाे । 

भारतका तर्फबाट सबैभन्दा बढी ५० रन लाेकेश राहुलले बनाए । उनले ३६ बलमा ५० रन बनाएका थिए । दुई टी २० म्याचकाे सिरिजकाे दाेस्राे खेल २७ फ्रेबुअरीमा बेंगलुरुमा खेलिँदै छ ।



  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार ०:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया