प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा मतगणना जारी छ ।
पछिल्लाे मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ४५ हजार हजार ८४२ मत प्राप्त गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार उनले करिब ६७ हजार मतगणना हुँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ८ हजार ४२५ मत ल्याएका छन् । लामिछाने र श्रेष्ठबीचको मतान्तर ३७ हजार ४१७ रहेको छ ।
तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत प्राप्त गरेका छन् । चितवन–२ मा यसपटक पनि रविको जित निश्चित भएको छ ।
आइतबार भएको निर्वाचनमा ७८ हजार ३७७ मत खसेकोमा अब १० हजार मत गन्न बाँकी छ ।
अहिलेको अवस्थामा लामिछाने गन्नभन्दा बढी मतले अग्रस्थानमा छन् । गत ४ मंसिरको निर्वाचनमा रवि ४९ हजार २६२ मतका साथ निर्वाचित भएका थिए ।
दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र तेस्रो स्थानमा हासिल गरेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।