चितवन–२ : श्रेष्ठ र न्यौपानेबीचको मतान्तर ९६

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार दोस्रो स्थानका लागि नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

६८ हजार मतगणना हुँदा श्रेष्ठले ८ हजार ४२५ तथा न्यौपानेले ८ हजार ३२९ मत प्राप्त गरेका छन् ।    

श्रेष्ठ–न्यौपानेबीचको मतान्तर ९६ रहेको छ । शीर्ष स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कायमै छन् । उनले ४५ हजार हजार ८४२ मत प्राप्त गरेका छन् ।  

लामिछाने र श्रेष्ठबीचको मतान्तर ३७ हजार ४१७ रहेको छ । आइतबार भएको निर्वाचनमा ७८ हजार ३७७ मत खसेकोमा अब साढे ९ हजार मत गन्न बाँकी छ ।

अहिलेको अवस्थामा लामिछाने गन्नभन्दा बढी मतले अग्रस्थानमा छन् । गत ४ मंसिरको निर्वाचनमा रवि ४९ हजार २६२ मतका साथ निर्वाचित भएका थिए ।
 





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार ९:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया