प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा–२ मा जारी मतणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
३१ हजार ९९९ मतगणना हुँदा यादवले १३ हजार ८०४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार २३१ मत पाएका छन् ।
यादव र कुशवाहबीचको मतान्तर ४ हजार ५७३ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ५७७ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले २ हजार ३१ मत प्राप्त गरेका छन् । मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।
कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८ सय ८७ मतदान भएको थियो । बारा–२ मा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।