चितवन–२ बाट रवि लामिछाने फेरि भारी मतान्तरसहित निर्वाचित

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।  

अन्तिम मत परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाए । गत ४ मंसिरमा भएको निर्वाचनमा उनले ४९ हजार २९६ मत ल्याएका थिए । यसपटक भने कम मत खसे पनि लामिछानेले बढी भोट प्राप्त गरे । 

अघिल्लो निर्वाचनभन्दा यसपटक उनले ४ हजार ९१२ मत बढी प्राप्त गरेका हुन् । ​उपनिर्वाचनमा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए ।

श्रेष्ठभन्दा लामिछानेले ४२ हजार ९६२ बढी मत प्राप्त गरे । त्यस्तै, नेकपा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।

आइतबार भएको उपनिर्वाचनमा चितवन–२ मा कुल ७८ हजार २७७ मत खसेको थियो । गत ४ मंसिर भएको निर्वाचनमा भने त्यहाँ ८४ हजार ३१५ मत खसेको थियो । कांग्रेस र एमालेले भने पहिलेकै मतसमेत जोगाउन सकेनन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १२:३७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया