चितवन–२ : कांग्रेस र एमालेले आफ्नै मत जोगाउन सकेनन्

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनामा उनी ५४ हजार १७६ भोटसहित निर्वाचित भएका हुन् ।

लामिछानेका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्र ल्याउन सके । उनलाई निर्वाचनमा सत्ता गठबन्धनका अन्य दलको पनि समर्थन थियो । 

त्यसका बाबजुद पनि उनले गत ४ मंसिरमा कांग्रेसले पाएको मत पनि जोगाउन सकेनन् । गत निर्वाचनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपनिर्वाचनमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे । उनले पनि अघिल्लो निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले पाएकाे मत जोगाउन सकेनन् ।

४ मंसिरको निर्वाचनमा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत ल्याएका थिए । आइतबार भएको उपनिर्वाचनमा चितवन–२ मा कुल ७८ हजार २७७ मत खसेको थियो ।  





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १२:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया