प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा–२ मा जारी मतणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले १४ हजार मत कटाएका छन् । ३३ हजार मत गणना हुँदा उनले १४ हजार १८० मत प्राप्त गरेका हुन् ।
यादवका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार ३२६ मत पाएका छन् ।
यादव र कुशवाहबीचको मतान्तर ४ हजार ८५४ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ७९३ मत पाएका छन् ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा बारा–२ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा विजयी भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।
कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८ सय ८७ मत खसेको छ । बारा–२ मा महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।