बारा–२ मा उपेन्द्रले कटाए १५ हजार मत, शिवचन्द्र ४८१३ ले पछाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा–२ मा जारी मतणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

३५ हजार ३१३ मतगणना हुँदा यादवले १५ हजार १८३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले १० हजार ३७० मत पाएका छन् । 

यादव र कुशवाहबीचको मतान्तर ४ हजार ८१३ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ९५ मत पाएका छन् । गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर–२ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।

कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८८७ मतदान भएको थियो ।

बारा–२ मा महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, कोल्हवी नगरपालिका, देवताल गाउँपालिका, सुर्वण गाउँपालिका र पचरौता नगरपालिकाका ४८ वटा वडा छन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १४:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया