भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय हुन सञ्चारमन्त्रीकाे आह्वान

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान गरेकी छन् । 

बलियो कानुन बनाएर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने भएकाले त्यसमा सबै राजनीतिक दल, सामाजिक संघ, संस्थाहरुले साझा संकल्प लिएर अघि बढ्नुपर्ने मन्त्री शर्माको भनाइ छ । 

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भ्रष्टाचारलाई सदाका निम्ति अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याइन् । 

मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राम्रालाई प्रोत्साहित गर्ने र नराम्रालाई दण्डित गर्ने कुरालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताइन् । मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा पनि जोड दिइन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १८:५९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया