सरकार जनअपेक्षाअनुरुप काम गर्न प्रतिबद्ध : मन्त्री अधिकारी

पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकार जनअपेक्षा अनुरुपको काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।  

पोखरा महागरपालिका–२१ कृस्तिस्थित भविष्य माविको ६६औँ वार्षिकोत्सव,सम्मान, पुरस्कार वितरण तथा अभिभावक दिवसको उद्घाटन गर्दै उनले सरकार मुलुकमा सुशासन कायम गरी आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताए । 

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उनको भनाई थियो  । असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीलाई अग्रसर हुन मन्त्री अधिकारीले सुझाव दिए ।  

‘राष्ट्र निर्माणका लागि उच्च भावनाका साथ अगाडि बढ्नुपर्छ’,उनले भने, ‘शिक्षा क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ ।’  बुबा र आफूले पनि यस विद्यालयमा विद्यार्थीलाई पढाएकाले भावनात्मक सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘विद्यालयको विज्ञान प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गर्नेछु ।’ 

क्रमिकरुपमा वृद्धभत्तामा वृद्धि गर्दै पाँच वर्षभित्र रु पाँच हजार पु¥याउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । मन्त्री अधिकारीले यसअघि मुलुकमा १३ विमानस्थल सञ्चालनमा रहेकामा आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हालसम्म २७ विमानस्थल सञ्चालन भएको र सात निर्माण तथा मर्मतका क्रममा रहेको जानकारी दिए । 

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा ६ महीनाअघि नै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले लुम्बिनीस्थित गौतम बुद्ध विमानस्थल निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए ।  



विद्यालयका प्रथम प्रधानाध्यापक ९८ वर्षीय बाबुराम रेग्मीले खरको छानाबाट शुभारम्भ भएको विगतका आरोह–अवरोहबारे प्रकाश पारेका थिए । सो अवसरमा मन्त्री अधिकारीले अक्षयकोष दातालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नाका साथै विद्यालयद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे । 
 



  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार ७:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया