एसियन कप छनोट : जोर्डनविरुद्ध नेपाल जित्नैपर्ने दबाबमा

एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ । नेपाल र आयोजक जोर्डनबीचको खेल प्रिन्स मोहमद स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले इरान​विरुद्ध १–० को हार बेहोरेको छ । छनोटको दोस्रो चरणमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 

यद्यपि आयोजक जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन । जोर्डन शुक्रबार नेपाललाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा छ ।  

नेपाल, जोर्डन र इरान समूह ‘एच’ मा रहेका छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । 

प्रत्येक समूहको विजेता दोस्रो चरणमा पुग्नेछ । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कप खेल्नेछन् । 

आयोजक इन्डोनेसियासँगै २०१९ को विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीनले भने सिधै एसियन कपमा स्थान बनाइसकेका छन् ।



नेपाली टोली 

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी । 



डिफेन्डर : अञ्जना पुन मगर, सिम्राई राई, रूपा लिम्बू, अमिता भुल, सीता रोकाया, रेणु लिम्बू, दीपा मगर, सुमी हाङ्मा राई ।

मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ । 

फरवार्ड : सुक्रिया मिया, लीला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ ।

  • प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार ८:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया