जेष्ठ नागरिक भत्ता रोकिएको भन्ने प्रचार गलत : सञ्चारमन्त्री शर्मा

सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जेष्ठ नागरिकले पाउने भत्ता रोकिएको भन्ने प्रचार गलत भएको बताएकी छन् । यसबारे सरकारलाई बदनाम गराउन हल्‍ला फिजाइएको उनले बताइन्। 

दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जेष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नभएको बताएकी हुन्।

‘पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दै छ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो,’ उनले भनिन्, ‘यो बारेमा अहिलेको सरकारले कुनै निर्णय लिएको छैन।’

मन्त्री शर्माले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्न कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिइन्। 

सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पुर्याउन प्रतिबद्ध रहेको पनि उनले बताइन्।

सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनता सामु लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गरिन्।





  • प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार १९:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया