माेदीलाई इमरानले भनेः ‘शान्तिका लागि एक माैका देउ’

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग ‘शान्तिका लागि एक माैका दिन’ आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले आइतबार एक विज्ञप्ती जारी गर्दै भारतले पुलवामा आक्रमणसँग सम्बन्धित कारबाही याेग्य प्रमाण दिए आफूले त्यसमाथि तत्काल कारबाही गर्ने बताएका छन् । साथै विज्ञप्तीमा इमरान आफ्नाे बाेलीमा अडिग रहने पनि उल्लेख छ । 

माेदी राजस्थानकाे र्यालीमा सहभागी भएर आएपछि पाकिस्तानबाट यस्ताे प्रतिक्रिया आएकाे भारतीय सञ्चारमाध्यमले लेखेका छन् । र्यालीमा माेदीले भनेका  थिए ‘विश्व नै आत‌ंकवादकाे विरुद्ध छ, आतंकवादका दाेषीकाे कारबाहीका लागि हामी अगाडि बढेका छाैं, याे पटक जित हुन्छ, कि बराबर । आतंकवादलाई कसरी कुल्चिनुपर्छ त्याे हामीलाई राम्राेसँग थाहा छ ।’

भाषणमा माेदीले भनेका थिए ‘पाकिस्तानकाे प्रधानमन्त्री बनेपछि मैले खानलाई बधाई दिँदै गरिबी र अशिक्षाविरुद्ध सँगै लड्न आग्रह गरेकाे थिएँ, इमरानले भनेका थिए ‘म पठानकाे सन्तान हुँ,सत्य बाेल्छु, सत्य गर्छु ।’ अब उनले आफ्नाे बाेलीकाे आँफै मूल्या‌ंकन गर्ने समय आएकाे छ । ’





  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार १३:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया