मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष ०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालू आर्थिक वर्ष ०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भए पनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सीमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको छ । 

गत आर्थिक वर्ष ०७८/७९मा  ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालू आर्थिक वर्ष ०७९/८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको बताए । 

नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्ष ०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान रहेको उनले बताए । चालू आर्थिक वर्ष ०७९/८० को आर्थिक वृद्धिको अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम रहेको पनि उनले बताए । 

तथ्यांक बनाउँदा चालू आर्थिक वर्षको तीन महिना मुलुकको अर्थतन्त्र सामान्य रुपमा चल्ने र अर्थतन्त्रमा कुनै अफ्ठ्यारो नबनाउने किसिमले तयार बनाएको उनको भनाइ छ । चालू आर्थिक वर्षमा जिडिपीको उपभोक्ता मूल्यमा १.९ प्रतिशत रहने अनुमान रहेको उनले बताए । 

अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जिडिपी वृद्धि हुने अनमान गरिएको भए पनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको उनले बताए । 



कार्यालयले कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभुत मूल्यमा २.७ प्रतिशत र गैरकृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरेको छ । अन्य वर्षहरुको भन्दा यो वर्ष गैरकृषि भन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ । 

आर्थिक वृद्धिदर कम हुनुमा प्रमुख तीन क्षेत्र कृषि, निर्माण र सेवा क्षेत्रमा आर्थिक गतिविधि कम भएको उनको भनाइ छ । यसकारण आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको उनले बताए । चालू आर्थिक वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.७ प्रतिशत, निर्माण क्षेत्रको ०.६ प्रतिशत र सेवा क्षेत्रको २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको भण्डारीले बताए । 



चालू आर्थिक वर्षमा सेवा क्षेत्रले जिडिपीमा ६२.४ प्रतिशत, कृषि क्षेत्रको २४.६ प्रतिशत र उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान छ । चालू आर्थिक वर्षमा चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान छ ।

  • प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार १६:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया