ब्रेक्जिटः समस्यामा प्रधानमन्त्री थेरेसा मे, विपक्षीको सुझाव– अर्को जनमतसंग्रह गरौँ

एजेन्सी– बेलायत युरोपेली युनियन (इयु)बाट छुट्टिने विषय पछिल्लो समय बेलायतमा चर्को मुद्दाका रुपमा आएको छ । यसले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई थप समस्यामा पारेको छ । किनकि उनको प्रस्तावलाई विपक्षीले मात्र होइन, उनकै पार्टीका कतिपय सांसदले समेत अस्वीकार गरेका छन् । 

तर, बेलायत इयुबाट २९ मार्चमा नै छुट्ने अभियानमा मे अडिग रहेकी छिन् । आइतबार उनले आफूमा त्यो दृढ इच्छाशक्ति वास्तविक भएको र आफ्ना प्रस्तावमा सांसदहरुलाई समर्थन गर्न मेले अनुरोध गरिरहेकी छिन् । यो दबाब मेलाई किन पनि बढेको छ भने डच प्रधानमन्त्रीले बेलायती संसदले छिटो निर्णय नगरे बेलायत कुनै सर्तविना इयुबाट छुट्टिनु पर्ने बताएका छन् । 

मेले अझै पनि धेरै काम गर्न बाँकी रहेको र आफ्नो अन्तिम योजनालाई १२ मार्चसम्म समर्थन गर्न समय दिने सांसद्हरुलाई बताएकी छिन् । उनले यस्तो बताए पनि उनलाई केही सांसदहरुले ब्रेक्जिटका लागि थप समय लिन सल्लाह दिएका छन् । 

‘यो प्रक्रियाका लागि अझ ढिला गरिनु राम्रो हुँदैन,’ मेले भनेकी छिन्, ‘जसरी पनि यो हुनै पर्छ, ढिलो हुनुको अर्थ छैन ।’

अर्कोतिर, विपक्षी दलका नेता जेरोमी कोर्बिनले फेरि नयाँ प्रस्ताव राखेका छन् । उनले ब्रेक्जिटबारे निर्णय गर्न बेलायतमा फेरि एक पटक जनमत संग्रह गर्न सकिने प्रस्ताव राखेका हुन् । 

आफूहरुले प्रस्ताव गरेको सम्झौता बुधबार अस्वीकृत भए जेरोमीले आफ्नो समर्थनका सांसदहरुलाई अर्को जनमतसंग्रहका लागि आवाज उठाउन अनुरोध गर्ने बताएका छन् । यसअघि जेरोमी कोर्बिनले अर्को जनमतसंग्रह गर्ने विषयलाई अस्वीकार गर्दै आएका थिए ।





  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार २३:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया