नेपाली कांग्रेसबाट नौजना मन्त्री बन्दा पनि आफूलाई उपेक्षा गरिएको भन्दै महामन्त्री थापाले असन्तुष्टि जनाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवानिकट ६ जना मन्त्री बन्दा नेता शेखर कोइराला पक्षबाट तीनजना मात्रै मन्त्री बनेका छन् ।
महामन्त्री थापाले सहमहामन्त्रीद्वय बद्री पाण्डे तथा जीवन परियार र केन्द्रीय सदस्य प्रदीप पौडेललाई मन्त्री बनाउन चाहेका थिए । आफूसँग यस विषयमा कुनै सल्लाह नभएकोमा आपत्ति जनाउँदै उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्– अब त अत्ति भो !
‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ उनले लेखेका छन्, ‘धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ ।’
उनले थपेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो !’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।