बालकृष्ण खाणलाई निलम्बन गर्न कांग्रेसका दुई महामन्त्रीको प्रस्ताव, सभापति देउवा मौन

नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । अपराह्न ५ बजेदेखि देउवानिवास धुम्बाराहीमा सुरु भएको बैठक बेलुकी ८ बजेसम्म चलेको थियो । 

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा खाणको र पक्राउबारे छलफल भएको थियो।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका छन् । खाण पक्राउ परिसकेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने उनीहरुको प्रस्ताव थियो । 

नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको भन्दै महामन्त्रीद्वयले यस्तो प्रस्ताव राखेका थिए । उनीहरुको प्रस्तावमा देउवा मौ रहे ।

त्यसपछि बैठकमा विभाग र भ्रातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको थियो । प्रवक्ता प्रकाशशरण महतले भने खाणबारे अहिले नै थप छलफल आवश्यक नपर्ने दाबी गरे । 

उनले अनुसन्धानलाई सहयोग गरिरहेकाले अहिले नै दोषी करार भइसकेको जसरी पार्टीले निर्णय नगर्ने उनको भनाइ छ । 



बिहीबार दिउँसो २ बजेका लागि पुनः पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखिएको छ। सो बैठक पनि सभापति देउवा निवास धुम्बाराहीमै बस्नेछ।



  • प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार २१:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया