एजेन्सी– पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले बेवकूफ साथीभन्दा अक्कल नभएका दुश्मन नै राम्रा हुने र भारतले झुठको साहरा लिँदै पाकिस्तानमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका छन् ।
भारतीय मिडियाको दाबी गलत भएको भन्दै उनले भारतीय सैनिक विमान आफ्नो सीमामा आएको र आफूहरुले त्यसको जवाफ दिएको बताएका छन् । तर, ती विमान चार मिनेटमा नै फर्किएको पनि उनले बताएका छन् । भारतले दाबी गरेजस्तो भारतीय सेनाको आक्रमणमा कसैको पनि मृत्यु नभएको पनि उनले स्पष्टिकरण दिएका छन् ।
उनले भारतलाई जवाफ दिन पाकिस्तान तयार रहेको र भारतलाई जवाफ नदिइ चुपचाप बस्न सक्ने स्थिति नरहेको पनि बताएका छन् ।
उनको भन्दा पहिले पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको संप्रुभता उल्लंघन गरेको बताएका थिए । उता, पाकिस्तानमा भएको आपत्कालीन सुरक्षा परिषद् बैठकमा पनि भारतको आक्रमणको दाबीलाई खारेज गरिएको थियो । यो बैठक पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।