सामाजिक सुरक्षाले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्छ : कोइराला
फरकधार / ३० बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
 
सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उनीहरुको पनि सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए । 



कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त गरे । ‘संविधानमा हामीले आठवटा क्लष्टरलाई समेटेका छौं,’ उनले भने,‘श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ । तपाईंहरुको सहयोग भएमा आगामी दिनमा पक्कै समेटिनेछ ।’ 
 
त्यस्तै, कोइरालाले भुटानी शरणार्थी प्रकरणमा राज्यले नै लागेको घटनाले सबै नेपालीको शीर निहुरिएको बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीको हक अधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए । 



कार्यक्रममा सुनसरी कांग्रेसका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।
 









  • प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार १९:२:८,   अन्तिम अपडेट : बैशाख ३०, २०८० शनिबार १९:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया