सबै भ्रष्टाचारको छानबिनमा कुनै पनि दल बाधक बन्न हुँदैन : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । रामेछापको मन्थलीमा रहेको मन्थली माविको नवनिर्मित तीनवटा भवनको उद्घाटन गर्ने क्रममा उनले उक्त छानबिनका लागि कुनै पनि दल बाधक बन्न नहुने बताए । 

मुख्यमन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानुनी दायरामा आउने बताए । वर्तमान शिक्षा प्रणालीको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यावहारिक शिक्षा बनाउनुपर्ने उनको भनाइ छ । 

सो अवसरमा उनले यसअघि शैक्षिक सत्र सुरु भएको महिनौँ बित्दा पनि पाठ्यपुस्तक नपाइने अवस्थालाई अन्त्य गरी यस शैक्षिक सत्रबाट शैक्षिक सत्र सुरु नहुँदै जिल्ला जिल्लामा सरकारी पाठ्यपुस्तक पुगेको हुँदा यो वर्ष विद्यार्थीहरूलाई पठनपाठनमा सुविधा पुगेको बताए । 

एसियाली विकास बैंकको सहयोगमा यस नमुना माविको नवनिर्मित तीनवटा भवनमा ३६ वटा कोठा रहेका छन् । खानी निर्माण सेवाले १५ करोड ८६ लाख ४७ हजार पाँच सय ५३ को लागतमा ती भवन निर्माण गरेको हो । 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार २३:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया