काठमाडौं– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो । पाथीभरा दर्शन गरेका फर्किएका उनीहरु चढेकाे हेलिकाेप्टर दुर्घटनामा परेकाे हाे ।
दुर्घटनास्थलमा ६ जनाको शव भेटिएको र शवको पहिचान हुन भने बाँकी रहेकाे नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।