‘श्रद्धान्जलीका यी शब्द लेख्दा हात काँपिरहेका छन्’

काठमाडौं– बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र अन्यलाई सामाजिक सन्जालमा सयौँले श्रद्धान्जली दिएका छन् । 

अधिकांशले रवीन्द्र अधिकारी आशा गरिएका नेता भएको र अल्पायुमा नै उनलाई गुमाउनु पर्दा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । 

अधिकारीसहित अन्य पाँच यात्रु र पाइलट सवार डाइनेस्टी एयरलाइन्सको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङमा दुर्घटनामा परेको थियो । दुर्घटनाको खबर आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आपत्कालीन मन्त्रिपरिषद् बैठक बोलाएका थिए । 

ओली सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिले स्विट्जरल्यान्डमा छन् । उनले ट्विटरमा अधिकारीप्रति श्रद्धान्जली अर्पण गर्दै श्रद्धान्जली लेख्दा आफ्नो हात काँपेको उल्लेख गरेका छन् । 

 



नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो फेसबुक एकाउन्टमा आशा गरिएका नेता गुमाउनु पर्दा आफूलाई निकै दुःख लागेको उल्लेख गरेका छन् । 



नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले हेलिकोप्टर दुर्घटनाको समाचारले आफू निशब्द भएको बताएका छन् । 

नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले विगतका प्रसङ्ग सम्झँदै आफू मर्माहत भएको उल्लेख गरेका छन् । 

खानेपानी मन्त्री बिना मगरले पनि आफू मर्माहत भएको ट्विट गरेकी छिन् ।


  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १८:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया