लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु निर्वाचन १४ जेठमा

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन यही १४ जेठमा हुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवलको आदेशपछि १४ जेठमा स्ववियू निर्वाचनमो मिति तय गरिएको हो ।

गत ५ चैतमा निर्वाचन प्रक्रिया सुरु भए पनि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएका थिए । चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिए । 

अदालतको आदेशपछि क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार ११ जेठमा मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेका अनुसार क्याम्पसमा ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।  





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार ८:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया