प्रधानमन्त्रीलाई ओलीको आग्रह : नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुहोस्

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । आइतबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन् । 

‘प्रधानमन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु यो प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुहोस्, पुनर्लेखन गर्नुहोस् । नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ वा सरकारमा नभएकाहरूले अप्ठ्यारो पार्छन् भन्ने हो भने यो पुनर्लेखन गर्ने छुट हामी दिन सक्छौँ । यसलाई अनुकूल बनाउनुहोस्,’ ओलीले भने, ‘देशका लागि बनाउनुहोस् नीति तथा कार्यक्रम । देशको राजनीति, देशको समाज र देशको अर्थतन्त्रलाई अगाडि बढाउने हिसाबको बनाउनुहोस् ।’ 

उनले अर्थतन्त्र उकास्दै गरेको एमाले सरकारलाई ढालेर बनेको कांग्रेस–माओवादीसहित नयाँ गठबन्धनका कारण अर्थतन्त्र संकटको डिलमा पुगेको पनि दाबी गरे ।

‘नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो,’ उनले भने, ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो । तथ्यांकले अर्कै कुरा बोल्छ कसरी बोल्ने ? देश र जनतालाई दुख दिन र दुःखको कारण भएको छ अहिलेको गठबन्धन ।’





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १२:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया