प्रतिनिधि सभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने बैठकमा मंगलबार पनि सरकारको नीति तथा कार्यक्रममाथि आज छलफल जारी रहनेछ ।   

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो ।  

नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल चलिरहेको छ । यो छलफल बिहीबारसम्म चल्नेछ । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनर्लेखन गर्नुपर्ने सुझाव दिँदा सत्तापक्षका सांसदले भने नीति तथा कार्यक्रमको बचाउ गरेका छन् ।   
 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार ७:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया