\


सफा हिमाल अभियानका क्रममा सेनाका सरदार शेर्पाको निधन
फरकधार / ९ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पाको निधन भएको छ । 

सफा हिमाल अभियान–२०२३ का सरदारसमेत रहेका शेर्पाको सोमबार निधन भएको हो । उनी तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए ।

ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्पमा अचेत हुन पुगेका थिए ।

सफाइ अभियानमा प्रयोग गरिएका सामान फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत भएका शेर्पाको सोमबार निधन भएको नेपाली सेनाले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार ७:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया