आकाश अधिकारी र करिश्मा मानन्धरलाई दादासाहेब फाल्के पुरस्कार

नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेसन अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा वर्षौंदेखिको महत्त्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा उनीहरु सम्मानित भएका हुन् । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको ६९औँ संस्करणको ‘दादासाहेब फाल्के अवार्ड’मा नेपालबाट क्रमशः उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको रुपमा सम्मानित उनीहरु सम्मानित भएका हुन् । 

सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै निर्देशक अधिकारीले भने, ‘स्वर्ग, मैले सुनेको मात्रै, देखेको छैन, मेरो देश नेपाल, स्वर्गजस्तो छ । त्यस पछि, म महाराष्ट्र मुम्बईलाई अर्को स्वर्ग मान्छु, जहाँ मैले सिक्न र काम गर्ने अवसर पाएँ ।’ 

अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा कृतज्ञता व्यक्त गर्दै भनेकी छन्, ‘कला भनेको सिमाना नाघेर मानिसको जीवनलाई समृद्ध बनाउने विश्वव्यापी भाषा हो ।

दादासाहेब फाल्केको नाममा रहेको राष्ट्रिय चलचित्र पुरस्कार समारोह चलचित्र उद्योगमा असाधारण योगदानको कदर गर्न हरेक वर्ष आयोजना हुँदै आएको छ ।





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार २२:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया