नक्कली शरणार्थी प्रकरण छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रवि लामिछानेको माग
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । 

बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेर रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका हुन् ।

सांसद लामिछानेले यो प्रकरणमा धेरैको नाम जोडिएकाले कसैको पनि विश्वास नभएको भन्दै छानबिनका लागि संसदले विशेष समिति नै बनाउनुपर्ने बताएका छन् । 





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार ११:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया