शरणार्थी प्रकरणबारे गगन थापा भन्छन्- हाम्रो वरिपरिका मानिस तानिने हुन् कि जस्तो लाग्न थाल्यो

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य गगन थापाले भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि छुट्न नहुने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै उनले यस प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन् ।  

अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको उल्लेख गर्दै थापाले सरकारको परीक्षा हुने पनि बताए ।   

‘अहिले जसरी नामहरू आउन थालेको छ, यसले लाज पनि लजाएको जस्तो भएको छ । को–को परेको हो ? को–को नपरेको हो ? सुन्दासुन्दै हाम्रो वरिपरि भएका, जिम्मेवारी लिइरहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हो कि जस्तो लाग्न थालेको छ,’ थापाले भने, ‘यसमा सरकारको परीक्षा छ । अनुसन्धान कसरी भइरहेको छ ? सबै नागरिकले हेरिरहेका छन् । चाहे सलाम गर्ने मान्छे होस्, चाहे सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ ।’ 

थापाले अगाडि भने, ‘यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक–एक मान्छे, चाहे घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्, चाहे नेता होस्, चाहे नाता होस्, चाहे सलाम गर्ने होस्, चाहे सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन । दूधको दूध, पानीको पानी हुनुपुर्छ, आम नागरिकले चाहेको यही हो ।’ 





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १३:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया