इन्टर मिलानले जित्यो कोपा इटालियनको उपाधि

कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले हराउँदै इन्टरले उपाधि जितेको हो । 

इन्टरले लगातार दोस्रोपटक कोपा इटालियाको ट्रफी उचालेको हो । इन्टरले फाइनलमा एक गोलको अग्रता उल्टाउँदै फियोरेन्टिनालाईलाई हरायो । 

खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाए ।   

२९ औँ मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ३७ औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।
 
 





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार ८:२२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया