\
बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा पाथिभेरा महिला समूह भवन निर्माणका लागि एक स्थानीयले जग्गादान गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ का स्थानीय नरिभान धामीले आफ्ना बुबा जिते धामीको सम्झनामा भवन निर्माणका लागि ३ लाख रुपैयाँ बराबरको जग्गादान गरेका हुन् ।
‘बुबाले स्वर्गीय हजुरबुबाको सम्झनामा महिला विकास भवन निर्माणका लागि जग्गादान गर्छु भन्नुभयो, हामीले पनि उहाँको चाहनामा साथ दियौँ । बुबाको इच्छाअनुसार नै वडा नम्बर ७ को चिप्लेखोलास्थित पसल नजिकै जग्गा दिएका हौँ,’ जग्गादाता धामीका छोरा दमनले भने ।
जग्गादाता धामी वडा नम्बर ७ का वडाध्यक्ष विजय धामीका बुबासमेत हुन् । उनका अनुसार दान गरिएको जग्गामा पाथिभेरा महिला समूहको भवन निर्माण हुनेछ ।
‘वडाले भवन निर्माणका लागि २ लाख रुपैयाँ बजेट छुट्याएको थियो । कहाँ भवन निर्माण गर्ने भनेर अन्योलमा थियौँ । गाउँमै जग्गादान पाउँदा सहज भएको छ,’ वडाध्यक्ष धामीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।