रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, १० जना घाइते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा बिहीबार बिहान भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुम पश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो । 

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर ५ जनालाई उपचारका लागि रुकुम पश्चिमको खंलगा लगिएको छ भने गम्भीर ५ जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकोप्टर मगाइएको इलाका प्रहरी कार्यालय बाँफिकोटका वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन् । 
 
 





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार १२:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया