\
दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका एकजनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना रहेका छन् ।
बुधबार बिहान चिया पकाउनेक्रममा ग्यास विस्फोट हुँदा जलेर घाइते भएका उनलाई सुरुमा गोकुलेश्वर अस्पताल लगिएको थियो ।
गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनिए पनि नेपालगञ्ज लगिएको थियो ।
उनको नेपालगञ्जमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।