हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आज बेलुकीबाट प्रसारण हुने
फरकधार / ११ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

दर्शकहरुको रोजाइम परेको हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आज बिहीबारदेखि प्रसारण हुने भएको छ। 



आज बेलुका ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने टिमका कलाकार प्रकाश बस्नेतले जानकारी दिए । 



दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको निर्माण टिमले दाबी गरेको छ । केही दिनअघि ‘सक्किगोनि’को टिजर सार्वजनिक गरिएको थियो। 



 ‘सक्किगोनि’को तेस्रो सिजन काभ्रेपलाञ्चोकको पाँचखालमा छायांकन भइरहेको छ । यस सिजनमा पनि अधिकांश पुरानै कलाकारको बाहुल्य रहनेछ । 



अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, दीपक आचार्य, सागर लम्साल, हरि निरौला, प्रियाना आचार्य, प्रकाश बस्नेतको साथमा केही नयाँ अनुहार देखिनेछन्।





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार १७:२४:३४,   अन्तिम अपडेट : जेठ ११, २०८० बिहीबार १९:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया