बागमती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालनका लागि ऐन बनाउने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोष अहिले कार्यविधिमा रहेर सञ्चालन भइरहेको भन्दै अब ऐन निर्माण गरी सञ्चालन गरिने बताए ।
आज कोषद्वारा सञ्चालित पाँच आयोजनाको उपलब्धि सार्वजनिक कार्यक्रममा उनले ऐन निर्माण गरी आगामी दिनमा पनि नयाँ प्रविधि प्रयोग गर्न युवा वैज्ञानिक कोषलाई अघि बढाइने बताए । नयाँ प्रविधि, अनुसन्धानलाई प्रयोग गर्नेतर्फ सरकार तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले अनुसन्धानपश्चात नवजीवनमा प्रयोग भएन भने अनुसन्धानको औचित्य नरहने बताए ।
कोष सञ्चालन गर्न ऐन तयार भएपछि हाम्रो अधिकारभित्र रहेर प्रदेश सरकार यी कार्यहरु गर्न सक्षम रहने उनको भनाइ थियो । कोषमा रहेर पाँच आयोजना सञ्चालन गरिएको थियो ।
तीमध्ये दुई सम्पन्न भएको र तीनवटा सम्पन्नको तयारीमा छन् । सम्पन्न भएका आयोजनामा सफारी गाडीको विद्युतीय रुपान्तरण आयोजना र डेन्टलप्लेटसम्बन्धी आयोजना रहेको कोषका अध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जानकारी दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।