स्थानीय तहका जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण दिँदै एमाले
फरकधार / १२ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एमालले दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिन लागेको हो ।  



एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज र भोलि हुने अनुशिक्षण तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल हुनेछ । आज बिहान साढे १० बजेबाट सुरु हुने अनुशिक्षणमा एमालेबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब ४ सयजनाको सहभागिता रहने बताइएको छ । 



अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन् । समापनमा महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । 



जनप्रतिनिधिहरूलाई स्थानीय तहको ठाडो र तेर्सोअन्तर सम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषयमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षित गर्नेछन् भने स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता विषयमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र स्थानीय तह सञ्चालन सम्बन्धी निर्देशिका र अन्य कार्ययोजनाका विषयमा पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले प्रशिक्षण दिनेछन् ।  



त्यसैगरी, अनुशिक्षणमा स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवाली र स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्व कार्यकारी निर्देशक विमल पोखरेलले प्रशिक्षण दिने बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार ८:३३:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया