प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिएका हुन् ।
आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूचीमा रहेको संसद् सचिवालय जनाएको छ ।
प्रधानमन्त्री दाहालको जवाफपछि नीति कार्यक्रम निर्णायार्थ प्रस्तुत गरिनेछ । राष्ट्रिय सभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ ।
सरकारले यही १५ जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।