जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । 

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका थिए ।

उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १९:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया