काभा भलिबल सेमिफाइनलमा नेपाल पराजित, उपाधिका लागि भारत र काजकस्तान भिड्ने

नेपाल काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल पुग्न चुकेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा काजकस्तानसँग ३–२ सेटले पराजित भएसँगै नेपाल फाइनल पुग्न चुकेको हो ।  

पहिलो सेटमा हारेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पार्‍यो । तर, चौथो सेट कजास्तानले जितेर खेलमा पुनरागमन गरेको थियो ।  

निर्णायक पाँचौं सेट जित्दै ऊ फाइनलमा पुग्यो । प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ३०–२८ को अन्तरले गुमायो । दोस्रो सेट भने नेपालले २५–१६ को अन्तरले सहजरूपले जित्यो । तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट काजकस्तानले २५–१८ ले जित्यो । 

पाँचौं तथा निर्णायक सेटमा काजकस्ताले १५–७ ले जित्दै फाइनलमा स्थान पक्का गर्‍यो । काजकस्तानले अब फाइनलमा पहिलो सेमिफाइनल खेलको विजेता भारतसँग खेल्नेछ ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १९:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया