प्रतिनिधिसभा बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । विशेष कारणवश बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको हो । 

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो । सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिको मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएको भन्दै एमाले सांसदले बेल घेराउ गरेका थिए । सांसदले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले पटकपटक सांसदलाई बस्न आग्रह गरेका थिए । तर, सरकारबाट प्रष्ट जवाफ नआएसम्म आफूहरूले संसद्‌ अवरोध भन्दै एमाले सांसदहरूले बेल घेराउ गरे ।

त्यसपछि सभामुखले बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि समय निर्धारण गरेका थिए । दिउँसो ३ बजेको बैठकमा पनि कुनै सहमति हुन नसकेपछि बैठक साँझ ६ बजेका लागि बोलाइएको थियो । साँझ ६ बजे पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको हो ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १९:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया