सदन अवरोध हटाउनेबारे प्रधानमन्त्री प्रचण्ड, देउवा, ओलीलगायतका नेता छलफलमा

सदन अवरोध हटाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू छलफलमा छन् ।  सिंहदरबारमा भइरहेको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् । 

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक छलफलमा उपस्थित छन् ।

पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालले संसदमा दिएको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरुद्ध गरेको थियो।

एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्ने माग राखेको छ । 

शुक्रबार एमालेको अवरोधले बस्न नसकेको संसद बैठक आज दिउँसो ४ बजे बोलाइएको छ ।  





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार ९:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया