विराटनगरका यी क्षेत्रमा छ अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार बिहानदेखि विराटनगरका विभिन्न ठाउँमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । 

कोशी प्रदेश नामकरणमा असन्तुष्ट समूहले आन्दोलन चर्काउन सक्ने अनुमान गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले निषेधाज्ञा जारी गरेर केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । 

शनिबार बिहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

कोशी प्रदेश नामकरणपश्चात असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज र सामान्य बनाउन निषेधित क्षेत्र तोकिएको बताइएको छ । 

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम रोक लगाइएको छ । आदेशको उल्लंघन गरी कुनै कार्यक्रम, भेला, र्‍याली आयोजना गरे कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

प्रदेश सभा-पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय-रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र,  मुख्यमन्त्री निवास - वरिपरि ३०० मिटर सम्मको क्षेत्रमा निषेधित गरिएको छ । 



त्यस्तै प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि-३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङ-डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई पनि निषेधित क्षेत्र कायम गरिएको छ ।  



  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १०:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया