चलचित्र निरफूलबारे दयाहाङले भने- जीवन्त अभिनय गर्न पाएँ

सामाजिक कथावस्तुमा आधारित चलचित्र जेठ २६ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो । 

निर्माण सम्पन्न भएको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प, भूकम्पपछिको स्थिति, नागरिकले व्यहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूलाई जीवन्त रही राख्ने चलचित्रमा अभिनय गर्न मन लागेको र यही चलचित्रमा सो अवसर पाएको बताए । 

उनले चलचित्रले समाजको कथावस्तु, भूकम्पका बेलाको वस्तुस्थिति र नागरिकका समस्यालाई विशेष उठान गरिएको बताए । त्यस्तै अभिनेता बुद्धि तामाङले प्राकृतिक विपद् भन्दा पनि समाज र समाजका मानिसहरू झनै विपद् भन्दा चर्का छन् भन्ने कुरालाई चलचित्रमा देखाइएको बताए ।

चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनः मिलनका लागि गरेको सङ्घर्षलाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय छ । 

रुवि भ्याली र काठमाडौंमा छायाङ्कन गरिएको चलचित्र निरफूलमा सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको छ भने प्रमोद कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।  





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १०:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया