\


आइतबार नयाँ संसद् भवन उद्घाटन गर्ने मोदीको तयारी, १९ विपक्षी दलको बहिष्कार
फरकधार / १३ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले संसद् भवन उद्घाटन गर्ने तयारी गरेकोमा १९ वटा विपक्षी दलले विरोध गरेका छन् । विपक्षीहरुले संसद् भवनको उद्घाटन राष्ट्रपतिबाट गराउनुपर्ने माग गर्दै आएका छन् । 

नयाँ संसद् भवनको उद्घाटन कसले गर्ने भन्नेमा सत्तारूढ र विपक्षी दलबीच विवाद बढेको छ । विपक्षी दलले राष्ट्रपतिबाट उद्घाटन हुनुपर्ने माग गरे पनि भोलि हुने भवन उद्घाटन समारोहमा राष्ट्रपतिलाई बोलाइएको छैन । 

संसद् भवनको शिलान्यास प्रधानमन्त्री मोदीले नै सन् २०२० को डिसेम्बर १० मा गरेका थिए। पुरानो संसद् भवन हुँदाहुँदै प्रधानमन्त्री मोदीले इतिहास बनाउने नाममा संसद भवन बनाएको विपक्षी दलले आरोप लगाएका छन् । 

नौ अर्ब भारतीय रुपैयाँ लागतमा बनाइएको नयाँ भवनले ६४ हजार ५ सय वर्गमिटर क्षेत्रफल ओगटेको छ । जहाँ लोकसभाका लागि ८ सय ८८ र राज्यसभाका लागि ३ सय ८४ सिटको व्यवस्थापन गरिएको छ।



यसैबीच भारतले नयाँ संसद् भवन उद्घाटनको अवसरमा ७५ रुपैयाँको सिक्का सार्वजनिक गर्ने भएको छ । भारतको अर्थ मन्त्रालयले नयाँ संसद् भवनको उद्घाटनको सम्झनामा ७५ रुपैयाँको सिक्का जारी गरिने घोषणा गरेको हो। 



  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १७:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया