संविधानबारे समुदायले थाहा पाउन धेरै बाँकी छ  : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘अहिले पनि कस्तो अवस्था छ भने हामीले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै सकेका छैनन् । बुझ्नै सकेका छैनन् । त्यहाँसम्म हामीले पुर्‍याउनै सकेका छैनौँ । संविधानमा, कानुनमा व्यवस्था गरेका छौँ, व्यवहारमा लागू भइरहेको छैन । किनभन्दा कतिपय कुरा थाहा छैन, कतिपय कुरामा हाम्रो समाज यस्तो छ की सोसाइटीले एडेप्ट गर्न सकिरहेको छैन ।’ 

उनले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरे । उनले कानुनले १८ वर्ष भन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुने कुरा उल्लेख गरे पनि कानुनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरू बलात्कारको मुद्दामा परिरहेको बताइन् ।  

उनले कानुन लक्षित समुदायमा समयमा नै पुर्‍याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखी बलात्कारको मुद्दामा पर्नेहरूको सङ्ख्या बढी रहेको बताइन् । उनले पैतृक सम्पत्तिको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्‍याउन नसकिएको बताइन् । मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताइन् । 

मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धिको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन् । उनले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन् । उनले सञ्चारमाध्यमहरूमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिस्पर्धा हुनुपर्ने बताइन् ।  





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार ११:२५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया